काठमाडौं । सवारीसाधन र पैदल यात्रुको अत्यधिक चाप रहने काठमाडौंको बबरमहलस्थित जिल्ला अदालत अगाडि र शान्तिनगर क्षेत्रमा आकाशे पुल निर्माणको काम अघि बढेको छ । पैदल यात्रुको सुरक्षित र सहज आवागमनका लागि आकाशे पुल बनाउन लागिएको हो ।

भौतिक पूर्वाधार मन्त्रालयले दुई ठाउँमा आकाशे पुल निर्माण गर्न बजेट छुट्याएको छ ।
मन्त्रालयले रणनीतिक सडक पुल निर्माणअन्तर्गत बबरमहलमा आकाशे पुल निर्माण गर्न २ करोड ५० लाख रुपैयाँ र मीनभवनका लागि ४ करोड रुपैयाँ छुट्याएको छ । आकाशे पुल नहुँदा दुवै ठाउँमा पैदल यात्रु जोखिम मोलेर सडक वारपार गर्न बाध्य छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया