काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम छ । जसको प्रभावले हाल सुदूरपश्चिम प्रदेशका पहाडी भूभागलगायत बाँकी प्रदेशमा साधरणतया बदली रहेको पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधरणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका धेरै स्थानहरूमा तथा बाँकी भूभागका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको छ।
रातिको समयमा पनि मौसम सामान्यतया बदली नै रहनेछ। पहाडी क्षेत्रका केही स्थानहरूमा र बाँकी भागमा थोरै स्थानहरूमा चट्याङसहित वर्षा हुने सम्भावना छ भने कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने उल्लेख छ।
केही स्थानमा सम्भावित भारी वर्षाको कारण पहाडी भूभागमा भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले चेतावनी दिएको छ। यस कारण स्थानीयवासीलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया