सर्वोच्चका प्रस्तावित ३ न्यायाधीश र न्यायपरिषद सदस्यको सुनुवाइ सकियो

लोकपथ
1.5k
Shares

काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश शान्तिसिंह थापा र न्यायपरिषद् सदस्य सिफारिस महेशकुमार नेपालको सुनुवाइ गरेको छ।

सोमबार सिंहदरबारमा बसेको बैठकमा दुबैको कार्ययोजनाबारे छलफल भए पनि अनुमोदन निर्णय टुंगो लागेन। समितिका सभापति ईश्वरीदेवी न्यौपानका अनुसार सदस्यहरूको व्यस्तताका कारण अर्को बैठकमा निर्णय गरिनेछ।

आइतबार सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश मेघराज पोखरेल र श्रीकान्त पौडेलको संसदीय सुनुवाइ गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?