काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विकासका लागि वित्तसम्बन्धी संयुक्त राष्ट्रसङ्घको चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने सिलसिलामा स्पेनको राजधानी मेड्रिड पुगेका छन्।
प्रधानमन्त्री ओलीलाई मेड्रिडस्थित अडोल्फो सौरेज बराजाज अन्तर्राष्ट्रिय विमानस्थलमा स्पेनका लागि नेपाली राजदूत शनील नेपाल, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा तथा स्पेनको विदेश मन्त्रालयका वरिष्ठ अधिकारीहरूले स्वागत गरे।
प्रधानमन्त्री ओली नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल आज साँझ सम्मेलन स्थल सेभिल्ला पुग्ने कार्यक्रम रहेको छ। सम्मेलनमा उनले नेपालले दिगो विकास, वित्तीय सहकार्य तथा जलवायु न्यायका क्षेत्रमा गरिरहेको प्रयासबारे सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ।
यस सम्मेलनमा विभिन्न देशका राष्ट्राध्यक्ष, सरकार प्रमुख, विकास विशेषज्ञ तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधिहरूको सहभागिता रहनेछ। नेपालले सम्मेलनमा दिगो विकास लक्ष्य (SDGs) हासिल गर्न आवश्यक अन्तर्राष्ट्रिय साझेदारी, लगानी प्रवाह र प्रविधि हस्तान्तरणका पक्षमा आवाज उठाउने अपेक्षा गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया