काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले ध्वस्त हुने सपना नदेख्न आग्रह गरेका छन् ।
शनिबार काठमाडौंमा जननेता मदनकुमार भण्डारीको ७४औँ जन्मजयन्तीको अवसरमा आयोजित जबजका तीन दशक विषयक राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।
सञ्चारमाध्ययमा आज आफूले र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बम पड्काउने जस्ता भ्रम फिँजाइएको र आजैबाट नेकपा एमाले ध्वस्त हुने कुरा गरिएको भन्दै केही पनि नहुने बताए । उनले मदन भण्डारीको ७४औँ जन्मजयन्ती यसलाई उनीहरूले विभिन्न आश र अपेक्षा गरेका बताए । नेकपा एमाले एक रहेको र एक रहने बताए । अब पनि एकजुट भएर अघि बढ्ने स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीले भने, ‘मदन भण्डारीको ७४औँ जन्मजयन्ती यसलाई उनीहरूले विभिन्न आश र अपेक्षा गरेका छन् । यहाँ मैले एकदम बम पड्काउँछु,विद्या भण्डारीजीले बम पड्काउनुहुन्छ, ड्याङड्याङ डुङडुङ, यहीँबाट एमाले ध्वस्त हुन सुरु गर्छ । यो सपना देखेर बसेका छन् । कुनै बम, बन्दुक, बारुद गोला पड्किनेवाला छैन । आश नगरे हुन्छ । नेकपा एमाले एक छ, एक रहन्छ, एकजुट भएर अघि बढ्छ । आश पनि कस्ता कस्ता आश गरेका होलान् । आश गरेर बसेका छन् । यसो अनलाइनतिर पसेर हेर्दा तपाईँ छक्क पर्नुहुन्छ । हामी यस्तो भ्रममा पर्नु हुँदैन ।’ प्रधानमन्त्री ओलीले नहुने सपना नदेख्न पनि आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया