रास्वपाको सदन अवरोध जारी, प्रधानमन्त्री ओलीको सम्बोधनबीच पनि विरोध नरोकिने

लोकपथ
2k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभामा आज पनि अवरोध जारी राख्ने निर्णय गरेको छ । आज बसेको रास्वपाको संसदीय दल बैठकले सरकारको कदमप्रति असन्तुष्टि जनाउँदै सदन अवरोध जारी राख्ने निर्णय गरेको हो।

आजै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्ने कार्यसूची तय गरिएको छ। तर रास्वपाले प्रधानमन्त्रीको सम्बोधनका बीच पनि आफ्नो विरोध कायमै रहने स्पष्ट पारेको छ।

सरकारले गृहमन्त्री रमेश लेखकको राजीनाको सट्टामा छानबिन समिति गठन गरेपछि रास्वपाले त्यसप्रति असहमति जनाएको छ। रास्वपाको माग गृहमन्त्रीको राजीनामासँग जोडिएको छ, तर सरकार समितिको माध्यमबाट विवाद टुंग्याउने प्रयासमा देखिएको छ।

रास्वपाले गृहमन्त्रीमाथि लागेका गम्भीर आरोपको समाधान समितिमार्फत होइन, राजनीतिक जिम्मेवारीका आधारमा हुनुपर्ने अडान लिएको छ। यही कारण पार्टीको विरोध सदनमा अझ तीव्र हुने संकेत मिलेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?