काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
जसपाले मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएको हो। यसअघि पार्टीले संघीय संसदमा समेत एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। सोही निर्णयको निरन्तरता स्वरूप प्रदेशस्तरबाट समेत समर्थन फिर्ता लिएको जसपाले स्पष्ट पारेको छ।
संघीय सरकारबाट समर्थन फिर्ताको निर्णयपछि जसपाले प्रदेश सरकारहरूमा रहेका प्रतिनिधिहरूलाई पनि समान धारणा अनुरूप अघि बढ्न निर्देशन दिएको थियो। जसपाको निर्णयले लुम्बिनी प्रदेशको राजनीतिक समीकरणमा फेरबदल ल्याउने संकेत देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया