सकारात्मक सोच राख्दा देशमै केही गर्न सकिन्छ : मन्त्री चौधरी

लोकपथ
161
Shares
फाइल तस्बिर

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सकारात्मक सोच राख्दा देशमै केही गर्न सकिने बताएका छन् । राष्ट्रिय युवा उद्यमी सञ्जालले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले युवाहरूले देशमै फर्किएर केही गर्न सक्ने अवस्था रहेको बताए । उनले देशमा धेरै अवसर हुँदा पनि युवाहरू विदेश गइरहेको भन्दै स्वदेश फर्किएर सिर्जनशिल बन्न आग्रह गरे । सकारात्मक सोचसहित देशमै केही गर्न आग्रह गरे । 

उनले भने, ‘युवाहरू यही देशमा फर्किएर, यही देशमा गर्न सकिन्छ । धेरै अवसर छ । यही देशमा केही गरौँ । विदेश नजानुहोला । आफ्नै देशमा काम गर्न सकिन्छ । विदेश जाने युवाहरूको दशा देखेकै छौँ । यही देशमा केही गरौँ । सकारात्मक सोच राखौँ । यही गर्न सकिन्छ ।’

मन्त्री चौधरीले आफू राजनीतिमा भन्दा उद्योगहरू खोल्ने र व्यापार व्यवसाय गर्नेकुरामा चासो राख्दै आएको बताए । उनले नेपाली युवाहरू लजाउने भन्दा नेपालमा कपाल काट्ने, सिलाई बुनाइ गर्ने, सरसफाइ गर्ने, फलफूल बेच्ने लगायतका कामहरू गर्नसके रोजगारी स्वदेशमै सिर्जना हुने बताए । उनले स्कुलमा व्यवहारिक कुराहरू काम सिकाउनुपर्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?