काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर अभियानका लागि ‘ऐक्यबद्धता डेस्क’ सञ्चालन गरेको छ । शुक्रबार काठमाडौंको कलंकीमा पार्टीका नेताहरू उपस्थित भई हस्ताक्षर अभियानका लागि ऐक्यबद्धता डेस्कको शुभारम्भ गरेका हुन् ।
रास्वपाले पार्टी सभापति रवि लामिछानेमाथि सरकारले राजनीतिक प्रतिशोध साँधेको भन्दै त्यसको विरुद्धमा जनताको हस्ताक्षर अभियान सुरु गरेको हो ।
सभापति लामिछाने सहकारी ठगी प्रकरणमा जेलमा छन् । बुटवको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले उनलाई थुनामा राख्न आदेश दिएको थियो ।
शुक्रबारबाट काठमाडौंका १४ ठाउँमा ऐक्यबद्धता डेस्क सञ्चालनमा ल्याइएको रास्वपाले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया