मलको हाहाकार सधैँ भइरहन्छ, जिम्मेवारीमा बसेपछि चिन्ता नगर्नुस् भनेर भन्नैपर्छ : कृषिमन्त्री अधिकारी

लोकपथ
1.2k
Shares

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले नेपालको कृषि क्षेत्रमा मलको समस्या स्थायीजस्तै बनेको स्वीकार गरेका छन् ।

नेपाल डेरी एशोसिएशनले बिहीबार आयोजना गरेको ‘दही–चिउरा प्रवर्द्धन कार्यक्रम’लाई सम्बोधन गर्दै मन्त्री अधिकारीले मलको अभाव अहिले मात्रै नभई सधैं भइरहने बताए ।

उनले भने, ‘मलको हाहाकार छ, हुन्छ, जो मन्त्री भए पनि हुन्छ । सम्भावना छैन, तर राज्यको दायित्व भइसकेपछि चिन्ता नगर्नुस्, आउँछ भन्नैपर्छ ।’

मन्त्री अधिकारीका अनुसार गत वर्ष कृषि मन्त्रालयलाई २७ अर्ब ९५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो, तर त्यसअनुसार जम्मा साढे ४ लाख टन मात्रै मल आपूर्ति हुन सक्यो । बजारमा वार्षिक माग भने ११ देखि १३ लाख टनको रहेको भन्दै उनले मागअनुसारको मल आयात गर्न असम्भवजस्तै रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?