काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध ७ वटा उजुरी परेको छ । उजुरीकर्तालाई भोलि शुक्रबार संसदीय सुनुवाइ समितिको बैठकमा आमन्त्रण गरिएको छ ।
न्याय परिषद्ले केही दिनअघि वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सर्वोच्चको न्यायाधीश पदमा सिफारिस गरेको थियो ।
सिफारिसमा परेका यी तीन जनामाथि कसलाई के उजुरी परेको भन्ने खुलाइएको छैन । तर संसदीय सुनुवाइ समितिमा ५ वटा व्यक्ति केन्द्रित र दुई वटा सुनुवाइ प्रक्रियासँग सम्बन्धित उजुरी दर्ता भएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया