काठमाडौं । पताञ्जली योगपीठ जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई धरौटीमा रिहा गर्ने आदेश भएको छ ।
विशेष अदालतले एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका नेपाललाई ३५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
बुधबार दिउँसो पूर्वप्रधानमन्त्री नेपाल बयानका लागि विशेष अदालत पुगेका थिए ।
पताञ्जली जग्गा प्रकरणबारे विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा बहस भएको थियो ।
विशेष अदालतको आदेशपछि उनी धरौटी रकम बुझाएर आज नै घर जान पाउनेछन् ।
०६६ सालमा प्रधानमन्त्री भएका बेला पताञ्जली योगपीठले आयुर्वेद अस्पताल निर्माणका लागि भन्दै हदबन्दी छुटमा जग्गा किनेको थियो । तर हदबन्दी छुटमा लिएको जग्गा पछि बिक्री गरिएको थियो । मन्त्रिपरिषद्को निर्णयबाटै उक्त जग्गा बिक्री भएसँगै नेपालविरुद्ध मुद्दा दायर भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया