काठमाडौं । अधिवक्ता तथा राप्रपाका नेता सुजित केसी २५ हजार धरौटीमा रिहा भएका छन्।
जिल्ला अदालत काठमाडौंमा दायर मुद्दामा न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले उनलाई २५ हजार धरौटीमा छाड्ने आदेश दिएको हो।
उनलाई सामाजिक सञ्जाल फेसबुकमा हिल्टन होटलसम्बन्धी लेखेको विषयमा साइबर अपराध मुद्दामा अनुसन्धान गर्न प्रहरीले पक्राउ गरेको थियो।
उनको पक्राउविरुद्ध सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरिएको थियो। सो रिटमा सर्वोच्च अदालतले छाड्न आदेश दिएपछि उनी रिहा भएका हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया