काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका चर्चित सदस्य दीपेन्द्रसिंह ऐरीले नेपाल प्रहरीको सेवा त्यागेका छन् ।
हालसम्म प्रहरी सहायक हवल्दार पदमा कार्यरत ऐरीले केही दिनअघि प्रहरी संगठनबाट राजीनामा दिएका हुन् ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले ऐरीकाे राजीनामा स्वीकृत भएको पुष्टि गरेका छन् ।
ऐरीले सन् २०२३ मा चीनमा सम्पन्न १९औँ एसियाली खेलकुद (एसियन गेम्स) को टी–२० क्रिकेटतर्फ एक ओभरमा लगातार ६ छक्का हानेर विश्व रेकर्ड कायम गरेका थिए । यस ऐतिहासिक प्रदर्शनपछि उनलाई प्रहरी जवानबाट सहायक हवल्दारमा विशेष बढुवा गरिएको थियो ।
२०७३ सालमा नेपाल प्रहरीमा जवानका रूपमा भर्ना भएका ऐरी ७ वर्षको सेवापछि २०८० साल असोजमा सहायक हवल्दारमा पदोन्नति भएका थिए । तर, पदोन्नति भएको दुई वर्ष नपुग्दै उनले प्रहरी सेवा छोडेका हुन् ।
घरेलु क्रिकेटमा ऐरीले नेपाल पुलिस क्लबको कप्तानी गर्दै आएका थिए । उनको नेतृत्वमा क्लबले लगातार उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय क्रिकेटमा मजबुत उपस्थिति बनाएको छ ।
ऐरीको राजीनामालाई धेरैले उनी अब पूर्ण रूपमा क्रिकेटमा केन्द्रित हुने संकेतका रूपमा लिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया