काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन दिएकोमा अहिले पछुतो लागेको बताएका छन् ।
रफत सञ्चार क्लबमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै यादवले आफूहरूले बाहिरबाट सरकारलाई समर्थन गरे पनि त्यसको परिणाम असफल भएको स्पष्ट पारे ।
‘पार्टीले संसदीय दललाई हिजो मात्रै समर्थन फिर्ता लिन निर्देशन दिएको छ,’यादवले भने, ‘समर्थनबारे पुनर्विचारका लागि अब सरकार त्यता अघि बढ्छ ।’
उनले नेपाली कांग्रेस र नेकपा एमालेबिचको सहकार्यलाई पनि असफल भइसकेको ठहर गरे । यादवले कांग्रेस नेताहरू आफैँले गठबन्धन असफल भएको र देशलाई समेत अहित पुगेको भन्दै जनताको समस्या समाधान गर्न नसकिएको टिप्पणी गरेको उल्लेख गरे ।
‘यो गठबन्धनको औचित्य सकिएको छ, सम्बन्ध विच्छेदको अवस्थामा पुगेको छ,’ उनले दाबी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया