काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘टेक एण्ड पे’ को विषयमा संसदमा स्पष्टीकरण दिएका छन् ।
आज बसेको प्रतिनिधि सभा बैठकमा बजेटबारे सांसदहरुले उठाएको प्रश्नबारे जवाफ दिँदै प्रधानमन्त्री ओलीले राम्रो मनसायले टेक एण्ड पे ल्याइएको तर त्यसमा गलत होला भन्ने शंकापछि हटाइएको स्पष्ट पारे ।
‘टेक एण्ड पे किन हटाइयो भन्ने मान्यजीहरुको प्रश्न थियो । राम्रो गर्ला कि भन्ने थियो, नराम्रो गर्ला जस्तो लाग्यो हटाइयो,’ प्रधानमन्त्री ओलीले भने ।
त्यसो त सरकारले ल्याएको टे एण्ड पेबारे सत्तारुढ दलमा असन्तुष्टि बढेको थियो । कांग्रेस सभापति शेरबहादुर देउवाले नै त्यसमा असन्तुष्टि जनाएपछि टेक एण्ड पे लाई हटाएर मात्रै बजेट पास गर्न लागिएको हो ।
त्यस्तै दुई उपप्रधानमन्त्रीहरु प्रकाशमान सिंह र विष्णु पौडेललाई कांग्रेस सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले आगामी निर्वाचनमा संसदमा देख्न नपरोस् भनेको विषयमा आपत्ति जनाएका छन् ।
केही दिन अघि बसेको प्रतिनिधि सभा बैठकमा सांसद तामाङले आफ्नो जिल्लामा बजेट नहालिएको भन्दै दुई शहरीविकास मन्त्री समेत रहेका उपप्रधानमन्त्री सिंह र अर्थमन्त्री पौडेलमाथि कटाक्ष गरेका थिए । उनले पशुपति र बुद्धलाई सम्झिएर दुई उपप्रधानमन्त्रीमाथि कटाक्ष गरेका थिए । सो विषयमा आपत्ति जनाउँदै प्रधानमन्त्री ओलीले संसदमा सांसदहरुले गरिमा राख्ने किसिमले शब्द चयन गर्न समेत आग्रह गरे ।
त्यस्तै सरकारले आगामी आर्थिक वर्षका लागि सरकारले सन्तुलित बजेट ल्याएको समेत दाबी गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया