काठमाडौं । स्वास्थ्य सेवा व्यवस्थापकको स्थायी दरबन्दी सुनिश्चित गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ ।आइतबार नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघको आयोजनामा माइतीघर मण्डलामा प्रदर्शन गरिएको हो ।
प्रदर्शनमा सहभागीहरुले ‘करारमा कार्यरत अस्पताल व्यवस्थापन अधिकृतलाई स्थायी पद कायम गर’, ‘त्रुटिपूर्ण ओ.एण्ड.एम सर्भे संशोधन गर’, ‘स्वास्थ्य सेवा व्यवस्थापनको आवद्धता अस्पतालको सेवामा चुस्तता’, ‘स्वास्थ्य सेवा व्यवस्थापकको लोक सेवामा स्थायी दरबन्दी सिर्जना गर’ भन्ने प्लेकार्डहरू बोकेर नाराबाजी गरेका थिए ।
संघले स्वास्थ्य सेवा व्यवस्थापकको स्थायी दरबन्दी कायम नगरेसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया