काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ। आइतबारको तुलनामा सोमबार सुनमा प्रतितोला १ हजार रुपैयाँले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँ पुगेको छ।
यसअघिको दिन, आइतबार, सुनको मूल्य १ लाख ८८ हजार ८०० रुपैयाँ थियो ।
यता, चाँदीको मूल्य भने आइतबारको तुलनामा केही घटेको छ। आइतबार प्रतितोला १ हजार ९९५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ५ रुपैयाँ घटेर १ हजार ९९० रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया