काठमाडौं । गत शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुन तोलामा ३०० ले बढेको हो । सोही परिमाणको चाँदी पनि पाँचले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एक तोला सुनको मूल्य एक लाख ८८ हजार ८०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मोल एक हजार ९८० निर्धारण भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँसा तीन हजार २८९ अमेरिकी डलर कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया