दुर्गा प्रसाईँ र रविन्द्र मिश्र भेटेपछि प्रचण्डसँग किन रिसाए मुकुल ढकाल ?

लोकपथ
6.2k
Shares
फाइल तस्बिर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पूर्व महामन्त्री डा. मुकुल ढकालले प्रहरी हिरासतमा रहेका रविन्द्र मिश्र र दुर्गा प्रसाईँलाई भेटेका छन् ।

मुकुलले सामाजिक सञ्जालमा लेख्दै राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्र र मेडिकल व्यवसायी प्रसाईँलाई भेटेको जनाएका हुन् ।

उनले दुवैको स्वास्थ्य अवस्था राम्रो भएको र आफूले तीनकुने घटाना राजनीतिक भएकाले न्यायालयबाट न्याय पाउनेमा विश्वस्त रहेको बताए ।

त्यसो त उनले मिश्र र प्रसाईँ भेटेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति कटाक्ष गरेका छन् । उनले १० वर्षे सशस्त्र द्वन्दकालमा प्रचण्डको निर्देशनपछि १७ हजारको ज्यान गएको बताउँदै तीनकुने घटनामा मिश्र र प्रसाईँले गरेको उक्साहटको बचाउ गरे ।

‘आज रविन्द्र मिश्र र दुर्गा प्रसाईलाई हिरासतमा भेटे । दुवैजना स्वस्थ हुनुहुन्छ, र उहाँहरूको आत्मबल पनि उच्च छ । ‘गोलि ठोक’ भनेर १७००० मार्ने प्रचण्ड त खुलेआम राजनीति गरेर हिँडिरहेका छन् । चैत्र १५ गतेको आन्दोलनका क्रममा राज्यको घुसपैठ र हस्तक्षेपका कारणले २ जनाको ज्यान जाने गरि दःखद घटना घट्यो । पूर्णतस् राजनीतिक मुद्दा भएकाले उहाँहरू पनि सम्मानित अदालतले न्याय दिनेमा, छिट्टै छुट्नेमा आशावादी हुनुहुन्छ, म पनि आशावादी छु । चैत्र १५ गतेको आन्दोलनको निष्पक्ष छानविन गर्न उच्च स्थरिय न्यायिक छानविन आयोग गठन गर,’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?