‘भ्रष्टाचारमुक्त देश र कानुनी शासनको पालना हुन नसके कुनै पनि व्यवस्था लामो समय जाँदैन’

लोकपथ
182
Shares

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले भ्रष्टाचारमुक्त देश र कानुनी शासनको पालना हुन नसके कुनै पनि व्यवस्था लामो समय अघि बढ्न नसक्ने बताएका छन् ।  

शनिबार काठमाडौंमा बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको विधायिकी अन्तर संवाद र कानुनको मापन विषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले अहिले तीन तहको सरकार रहेको र तीन तहकै सरकारले आफ्नो दायित्वअनुसार अघि बढिरहेको बताए । 

उनले संघले, प्रदेशले र स्थानीय तहले जनताले चाहेको अनुकूल शासन पद्धति चलेको छ की छैन ? कानुन लागू भएको छ की छैन ? आवश्यकताअनुसार कानुन संशोधन भएको छ की छैन भन्ने कुराको चाहना राख्नु आम जनताको सरोकारको विषय भएको बताए 

उनले संसदीय प्रणालीमाथि आक्रमण गर्ने, लोकतान्त्रिक व्यवस्थालाई कमजोर गर्ने भूमिका कसैले गर्न नहुने उनको भनाइ छ ।  देशमा व्याप्त भ्रष्टाचारलाई कसरी न्यूनीकरण गर्न सकिन्छ ? भन्ने कुरा सबैको दायित्वभित्र पर्ने बताए ।  

मन्त्री चौरसियाले कानुन मन्त्रालयले संघीयता जारी भइसकेपछि २ सय १४ वटा ऐन बनाइसकेको दाबी गरे । आवश्यकताअनुसार थप कानुन बनाउने व्यवस्थामा आफूहरू लागेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?