काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल र अन्य कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।
दैनिक उपभोग्य वस्तुहरूको मूल्य सार्वजनिक गर्दै समितिले बजार अनुगमनलाई प्रभावकारी बनाउन मूल्यसूची जारी गरेको हो।
प्रमुख तरकारीहरूको मूल्य यस्तो छ:
गोलभेंडा (नेपाली ठूलो): रु ४०
प्रतिकिलो गोलभेंडा (भारतीय ठूलो): रु ६०
आलु रातो (स्थानीय): रु ३२
प्याज (भारतीय): रु ३८
गाजर (तराई): रु २५
काउली (स्थानीय): रु ३५
भन्टा डल्लो: रु ५०
मटरकोसा: रु १२०
भटमास कोसा: रु १५०
फर्सी (पाकेको): रु ५०
भिण्डी: रु ६०
अन्य सागसब्जी र मौसमी उत्पादनहरूमा: च्याउ (डल्ले): रु ३५० कुरिलो: रु ६०० तोफु: रु १४० गुन्द्रुक: रु ३५०
फलफूलतर्फ:
स्याउ (फूजी): रु ३४०
केरा (दर्जन): रु १६०
अनार: रु ३५०
अङ्गुर (हरियो): रु २००
नासपाती (चाइनिज): रु २६०
आभोकाडो: रु ६५०
किबी: रु ४५०
मसला र विशेष उत्पादनहरूमा: अदुवा: रु १३०
खुर्सानी (अकबरे): रु ४००
लसुन (चाइनिज): रु ३२०
हरियो धनियाँ: रु १२०
ताजा माछा (रहु): रु ३२०
सिताके च्याउ: रु ८००
समितिले उपभोक्तालाई उचित मूल्यमा गुणस्तरीय कृषिउपज उपलब्ध गराउने उद्देश्यले थोक मूल्य निर्धारण गर्दै आएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया