काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले बिनाको नेपाल बनाएर देखाउन चुनौती दिएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो चुनौती दिएका हुन् ।
उनले चारैतिरबाट एमाले र आफूमाथि हमला भइरहेको बताए । उनले केपी ओली बिनाको एमाले खोजेको र एमाले बिनाको नेपाल खोजिरहेको भन्दै मिसन ०८४ मा हेर्न चेतावनी दिए ।
उनले नेकपा एमाले पार्टीको लागि राम्रो गर्नेहरू भएको भए आफूले सरक्क नेतृत्व छोडिदिने बताए । मिसन ०८४ मा एमाले बिनाको नेपाल हुन्छ की के बिनाको नेपाल हुन्छ हेर्न चुनौती दिए ।
प्रधानमन्त्री ओलीले भने, ‘राजनीति हिजोको जस्तो मात्रै छैन । आजको अन्तर्राष्ट्रिय नीति हेर्ने हो भने, ग्लोबल अर्डर हर्ने हो भने त्यसले देखाउँछ त्यहाँ एउटा सिद्धान्त, नीतिको कुरा, विचारको कुरा वा आइडोलोजिकल हिसाबले पोलिसी निर्माण गर्ने त्यो अवस्था होइन की कमाइको प्रतिस्पर्धामा दुनियाँ लागेको छ । कमाई थिति, विधि भन्दा ठूलो कुरा हो भनेर लागेको छ । यो विकास क्रमको गतिको नियम हो । यस्ता उतार चढावहरू आउँछन् । यस्ता झड्काहरु आउँछन् । यस्तैबाट क्लस स्ट्रगल मजबुत हुँदै जान्छ । दुनियाँले यत्रो हमला गरेको बेला साथीहरूलाई आश्चर्य लाग्दैन । दुनियाँले यत्रो हमला गरेको छ । केपी ओली बिनाको एमाले खोजेको छ । किन खोजेको होला ? केपी ओली बिनाको एमाले । तिनको मनशाय राम्रो भए त म सरक्क छोड्दिहाल्थेँ, नि । हाम्रै देशका लागि हो त ? हाम्रै पार्टीका लागि हो त ? तसर्थ केपी ओली बिनाको एमाले, एमाले बिनाको नेपाल चाहियो रे उनीहरूलाई । मिसन ०८४ मा हेरौँला । एमाले बिनाको नेपाल हुन्छ की के बिनाको नेपाल हुन्छ । हामी चुनौतीका साथ भन्छौँ ।’
प्रधानमन्त्री ओलीले अहिलेको राजनीति विगतको जस्तो नरहेको भन्दै आजको अन्तर्राष्ट्रिय नीति आइडोलोजिकल हिसाबले पोलिसी निर्माण गर्नेतिर नभई कमाइको प्रतिस्पर्धामा दुनियाँ लागेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया