रवि लामिछानेलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वाेच्चमा रिट दर्ता 

लोकपथ
203
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा थुनामा पठाउने उच्च अदालत बुटवलको तुलसीपुर इजलासको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

रवि पत्नी निकिता पौडेल आज शुक्रबार आफैँ सर्वोच्च पुगेर रिट दर्ता गरेकी हुन् न्यायाधीश द्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले गत चैत २२ मा रविलाई जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै थुनामा पठाउने आदेश जारी गरेको थियो । सो आदेशविरुद्ध रवि पत्नी निकिता सर्वोच्च पुगेकी हुन् ।

बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको मुद्दामा यसअघि रुपन्देही जिल्ला अदालतले रविलाई १ करोड धरौटीमा छाडेकोमा सो आदेश बदर गर्दै साधारण तारेखमा छाड्न रवि उच्च अदालत गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?