काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालको वनस्पति क्षेत्रको अध्ययन र अनुसन्धान गरी थप व्यवस्थित गर्नुपर्नेमा जोड दिएका छन् ।
वनस्पति विभागको ६५औँ वार्षिकोत्सव तथा २६औँ वनस्पति दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्वमै नपाइने वनस्पतिहरू नेपालमा रहेको भन्दै यसको संरक्षण गर्नुपर्नेमा जोड दिएका हुन् ।
उनले नेपालले विभिन्न प्रजाति, हावा, प्राकृतिक स्रोत, भूबनावटले आफ्नै पहिचान बनाएको बताए । नेपालमा रहेका वनस्पतिहरूको अध्ययन र अनुसन्धान गरेर थप व्यवस्थित र विकास गर्न सके देश विकासको लागि सहयोग पुग्ने जिकिर गरे ।
मन्त्री ठकुरीले नेपालमा ३ सय भन्दा बढी वनस्पति स्रोत रहेको भन्दै त्यसलाई जगेर्ना गर्न जरुरी रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया