काठमाडौं । नेपाल बार एसोसिएसनको अध्यक्षमा कांग्रेस–एमाले गठबन्धनका उम्मेदवार वरिष्ठ अधिवक्ता प्रा.डा.विजयप्रसाद मिश्रले ५०५२ मत ल्याएर विजयी हुँदा अर्का उम्मेदवार वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले २६२१ मतमा चित्त बुझाउनु परेको छ । माओवादीलगायतका दलहरूको समर्थनमा उम्मेदवारी दिएका श्रेष्ठ २४३१ मतले पराजित भएका छन् ।
महासचिवमा पनि कांग्रेस–एमाले गठबन्धनकै उम्मेदवार वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला ४८७४ मतसहित विजयी बने । महासचिवका अर्का उम्मेदवार यज्ञमणि न्यौपानेले २३६७ मत पाए । उनीहरूबिचको अन्तर २५०७ छ ।
अन्य सबै पदाधिकारीमा कांग्रेस–एमाले गठबन्धनकै उम्मेदवार भारी मतान्तरका साथ निर्वाचित भएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया