चुनावको मुखमा भारतीय राजदूतको भूमिकाबारे कडा विज्ञप्ति

काठमाडौं, १८ कात्तिक–राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतीय राजदूत  मञ्जिभ सिंह पुरी  चुनाव प्रभावित पार्न लागिरेको आरोप लगाएका छन् ।केसीले एक विज्ञप्ति जारी गर्दै संविधानलाई कार्यान्वयन हुन नदिन र निर्वाचनलाई असफल बनाउन वा मधेशवादीसहितको नेपाली कांग्रेसको गठबन्धनलाई सहयोग गर्न भारत सक्रिय रहेको उल्लेख गरेका छन् विज्ञप्तिमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मुखमा काठमाडौंमा गत बुधबार दुईजना भारतीय अटोमेटेड अत्याधुनिक पेस्तोल र त्यसमा लाग्ने गोलीहरु सहित पक्राउ पर्नु गम्भीर भएको समेत विज्ञप्तिमा उल्लेख छ ।  विज्ञप्तिमा भनिएको छ–प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सुरक्षाको संवेदनशीलताको बेलामा भारतीयहरुले हतियारले फायरिङग गरेको अवस्थामा भेटिनु गम्भीर कुरा हो । यसले राज्यको  कमजोर सुरक्षा स्थितिलाई बताउ“छ । सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन हामीले जोड दिन्छौं । ’भारतीय विस्तारवादको हस्तक्षेपकारी भूमिकालाई नेपाल सरकारले मौन समर्थन गरेको आरोप समेत विज्ञप्तिमा उल्लेख छ विज्ञप्ति हेर्नुहोस्ःप्रेस वक्तव्यकाठमाडौंमा गत बुधबार दुईजना भारतीयहरुलाई अटोमेटेड अत्याधुनिक पेस्तोल र त्यसमा लाग्ने प्रसस्त गोलीहरु सहित नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सुरक्षाको संवेदनशीलताको बेलामा ती दुई जना भारतीयहरुले हतियारले फायरिङग गरेको अवस्थामा भेटिनु गम्भीर कुरा हो । यसले राज्यको  कमजोर सुरक्षा स्थितिलाई बताउ“छ । सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन हामीले जोड दिन्छौं । भारतीय राजदूत मनजित पुरी यतिबेला २ नं. प्रदेशका जिल्लाहरुमा निर्वाचनलाई प्रभावित पार्न सक्रिय भएका समाचारहरु आइरहेका छन् । यो सबैलाई थाहा भएको कुरा हो कि भारतीय विस्तारवादले नेपालको राजनीतिमा हस्तक्षेप गर्दै आएको छ । नेपाली जनताले बनाएको संविधान अहिलेसम्म त्यसले स्वीकार गरेको छैन यो संविधानलाई कार्यान्वयन हुन नदिन र यसअन्तर्गत हुने निर्वाचनलाई असफल बनाउन वा मधेशवादीसहितको नेपाली कांग्रेसको गठबन्धनलाई सहयोग गर्न भारत सक्रिय रहेको छ । पहाडबाट तराईलाई अलग गराउन दबाव दिन नाकाबन्दी ग¥यो । ५ नं. प्रदेशका तराईका जिल्लाहरुलाई पहाडबाट अलग गर्न ठूलो कसरत ग¥यो । यी कुरामा भारत असफल बन्दै गएको छ । गत स्थानीय चुनावमा भारतीय विस्तारवादका अग्रदस्ता बनेका मधेशवादीहरुलाई मधेशी जनताको कति समर्थन रहेछ प्रष्ट भएको छ । नेपाली कांग्रेससहितको गठबन्धनलाई जिताउनको लागी राजदूत पुरी सक्रिय भएका हुन् । भारतीय विस्तारवादको हस्तक्षेपकारी भूमिकालाई नेपाल सरकारले रोक्नुको सट्टा त्यसबारे अमूक रहनुको अर्थ हो त्यसलाई मौन समर्थन गर्नु । सरकारले यसप्रकारको कार्यलाई मौन समर्थन गर्ने कुराप्रति हाम्रो गम्भीर आपत्ति छ र त्यसको हामीले विरोध गर्दछौं । सुरक्षाको स्थिति मजबुत पार्न र राजदूत पुरीका त्यसप्रकारका क्रियाकलाप तत्काल रोक्न हामीले सरकारस“ग आग्रह गर्दछौं मिति ः २०७४ कार्तिक १८ गते ………………..चित्रबहादुर के.सी. अध्यक्ष

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?