काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मुलुकको राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली उपयुक्त समाधान नभएको बताएका छन् ।
बुधबार काठमाडौंमा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले आयोजना गरेको नयाँ युगको कार्यभार : वैकल्पिक राजनीतिक औचित्य र आधार विषयक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले पपुलिजमको आधारमा कुनै पार्टी सत्तामा पुगेर गैर जिम्मेवार ढंगले प्रस्तुत हुँदा ठुला समस्या देखिने गरेको भन्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीका बारेमा गम्भीर भएर छलफल र बहस गर्नुपर्ने बताए । उनले भारतमा स्थापित संसदीय प्रणालीले एउटै दल र एकै व्यक्ति तीन पटकसम्म सत्ता सञ्चालनको जिम्मेवारीमा पुगेको भन्दै नेपालको भूराजनीतिक अवस्थाका लागि पनि वर्तमान प्रणाली सही रहेको दाबी गरे । संसदीय व्यवस्थामा हजारौँ कमी कमजोरी भए पनि सन्तुलन र नियन्त्रणका लागि उपयुक्त र बलियो हतियार भएको उनको भनाइ छ ।
उपमहासचिव ज्ञवालीले प्रणाली परिवर्तनबाट मात्रै समाधान खोज्ने र परिवर्तन गर्ने हो भने अर्को १० वर्षपछि अर्को प्रणालीमा जाऔँ भन्ने स्थिति हुने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया