रूस-युक्रेन युद्धमा रोल्पाका पूर्ववडाध्यक्षको मृत्यु

लोकपथ
5.5k
Shares

दाङ। रूस-युक्रेन युद्धमा रोल्पाका पूर्ववडाध्यक्षको मृत्यु भएको छ । रुसी सेनामा कार्यरत रोल्पा सुनछहरी गाउँपालिकाका पूर्ववडाध्यक्ष ४४ वर्षीय तिर्खबहादुर बुढाथोकी (तिलक) को मृत्यु भएको हो ।

रुस–युक्रेन युद्धमा परी बुढाथोकीको मृत्यु भएको खबर आएपछि फागुन २४ गते परिवारले कुशको शव बनाएर अन्तिम संस्कार गरिसकेका छन् ।

२०७४ को स्थानीय तह निर्वाचनमा बुढाथोकी एमालेबाट सुनछहरी-५ मा वडाध्यक्ष निर्वाचित भएका थिए । २०७९ को स्थानीय तह निर्वाचनमा पुनः वडाध्यक्षको उम्मेदवार बनेका उनी पराजित बनेपछि रसिया गएका थिए ।

उनी २०८०साल असोजमा रुस गएका थिए । बुढाथोकीका एक छोरी, एक छोरा र श्रीमती छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?