लोकतन्त्रको विकल्प राजतन्त्र होइन, हुन सक्दैन : कमल थापा

लोकपथ
18.2k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने जिकिर गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेख्दै लोकतन्त्रको विकल्प राजतन्त्र र निरंशुकतन्त्र हुन नसक्ने बताउँदै जनताले लोकतन्त्रको विकल्प नखोजेको समेत जिकिर गरे ।

‘लोकतन्त्रको विकल्प राजतन्त्र होईन, हुनसक्दैन । त्यो सबैले बुझेका छन् । जनताले लोकतन्त्रको सट्टा निरंकुशता खोजेको होइन । जनताले लोकतन्त्रको विकल्प खोजेको पनि होइन, राजासहितको लोकतन्त्र खोजेको हो,’ उनले भनेका छन् ।

त्यस्तै लोकतन्त्रको नाममा हाल छाडातन्त्र भइरहेको भन्दै त्यसको विकल्प राजासहितको लोकतन्त्र हुनुपर्ने बताए । साथै विश्वका अन्य मुलुकहरुमा पनि राजसहितको प्रजातन्त्र रहेको बताउँदै नेपालमा राजा आउँदा सच्चा लोकतन्त्रवादी डराउनु नपर्ने बताए ।

‘लोकतन्त्रको नाममा हाल कायम छाडातन्त्र, सिण्डिकेटतन्त्र र लुटतन्त्रको विकल्प खोजेको हो ।मर्यादित र जवाफदेही लोकतन्त्र खोजेको हो ।राजासहितको प्रजातन्त्र विश्वमा सर्वाधिक सफल प्रजातन्त्र मानिन्छ । बेलायत, जापान, नर्वे लगायतका कैयौं मुलुक त्यसको ज्वलन्त उदाहरण हुन् । जनताले चाहेको त्यस्तै प्रजातन्त्र हो। त्यसैले सच्चा लोकतन्त्रवादीले राजा आउंदा आत्तिनु पर्दैन,’ थापाले भनेका छन् ।

यो पनि

गणतन्त्रको मैदानमा पूर्वराजाको परेड : मृत सपनामा ‘मुजुरा’ [भिडियोसहित]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?