काठमाडौं । युगाण्डामा सुरु भएको चार देश सम्मिलित वुमन्स डे कपमा आज दोस्रो दिनका खेलहरू हुँदैछन् ।
आजको पहिलो खेलमा घरेलु टोली युगाण्डा र नेपालबीच खेल हुँदैछ । दोस्रो खेलमा हङकङ र नामिबिया खेल्ने छन् । नेपालको खेल दिउँसो पौने १ बजेदेखि सुरु हुनेछ ।
शनिबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो । युगाण्डाले भने शनिबार हङकङलाई हराएको थियो।
आईसीसीको महिला टी-२०आई वरियतामा नेपाल २१औँ, हङकङ २२औँ, युगाण्डा १८औँ र नामिबिया १७औँ स्थानमा छन् ।
नेपालले यसपछि भोलि फागुन २६ मा हङकङसँग खेल्ने छ । त्यस्तै फागुन २८ मा नामिबियासँग, २९ मा युगाण्डासँग र ३० मा हङकङसँग खेल्ने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया