प्रतिनिधि सभाबाट पारित भयो भूमिबाहेक ५ वटा अध्यादेश

लोकपथ
4k
Shares

काठमाडौं । सरकारले जारी गरेको ५ वटा अध्यादेश प्रतिनिधि सभाबाट पारित भएको छ ।

सरकारले गत माघको दोस्रो साता विभिन्न ६ वटा अध्यादेश जारी गरेको थियो । त्यसमध्ये भूमिसम्बन्धि अध्यादेश बाहेक अन्य ५ वटा अध्यादेश आज बसेको प्रतिनिधि सभा बैठकबाट पारित भएको हो ।

आजको बैठकमा ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, निजिकरण –पहिलो संशोधन) अध्यादेश २०८१’ र ‘आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१’ गरी ३ अध्यादेशलाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेस भएको थियो ।

त्यसमा केही सांसदहरुले संशोधन समेत राखेका थिए । तर निर्णयार्थ प्रस्तुत हुँदा उक्त अध्यादेश पारित भएको हो ।

त्यस्तै भूमि व्यवस्थ, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीले ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव पेस गरेका थिए ।

बैठकमा सांसद चन्दा कार्कीले १२ जना सांसदको तर्फबाट उक्त अध्यादेशलाई अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत गरेकी थिइन् । बैठकले उक्त प्रस्तावलाई समेत बहुमतले अस्वीकार गरेको छ । त्यसअघि उक्त अध्यादेशका विषयमा विरोधको सूचनाका क्रममा आएका जिज्ञासाको जवाफ दिँदै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अधिकारीले सहकारी क्षेत्रलाई व्यवस्थित गर्न अध्यादेश ल्याएको भन्दै प्रतिपक्षीमा रहँदैमा विरोधका लागि विरोध नगर्न आग्रह गरे । साथै निर्णयार्थ प्र्रस्तुत हुँदा उक्त अध्यादेश बहुमतले पारित भचएको थियो ।

सरकारले अध्यादेश जारी गरेको एक महिनापछि पारितका लागि प्रतिनिधि सभामा पेस गरेको हो । सरकारले जारी गरेको अध्यादेश संसद्को अधिवेशन सुरु भएको ६० दिनभित्र संसद्मा निर्णयार्थ पेस भए ऐनका रुपमा आउनुपर्ने कानुनी व्यवस्था रहेको छ । तर यदी सरकारले उक्त अध्यादेश सदनमा पेस गरि प्रतिस्थापन विधेयक पास गरी ऐनका रुपमा ल्याउन नसकेको अध्यादेश निष्कृय बन्नेछ ।

भूमिसम्बन्धी ऐनमा सत्ता साझेदार दल जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) सकारात्मक नबन्दा सरकार अप्ठेरोमा परिरहेको छ । प्रतिनिधि सभामा अध्यादेश पारितका लागि बहुमत पुग्ने भए पनि राष्ट्रिय सभामा जसपा नेपाल बिना बहुमत नपुग्ने अवस्था रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?