मानव अधिकार हनन कर्ताहरूलाई कानुनको दायरामा ल्याउँछौँ : प्रधानमन्त्री ओली

लोकपथ
567
Shares
फाइल तस्बिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मानव अधिकारको रक्षा गर्ने बताएका छन् । बुधबार काठमाडौंमा राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपालको छैटौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । 

अहिले पनि मानव अधिकारको बारेमा बोल्यो भने धम्क्याउने गरेको बताए । उनले यस्ता असामाजिक क्रियाकलापहरू मानव अधिकारको विरुद्ध रहेको जिकिर गरे । सरकारले मानव अधिकार रक्षकहरूको, मानव अधिकारका लागि लड्ने योद्धाहरुको सम्मान गर्ने बताए । 

प्रधानमन्त्री ओलीले नेपाललाई समृद्ध र नेपाली जनतालाई सुखी बनाउन मानव अधिकार विस्तृत रूपमा प्रत्याभूति नभई सम्भव नरहेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?