चिकित्सक र नर्सहरूको पारिश्रमिक बढाउने तयारी गर्दैछौँ : स्वास्थ्यमन्त्री पौडेल

लोकपथ
1.1k
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चिकित्सक र नर्सहरूलाई श्रम ऐनले व्यवस्था गरेबमोजिम पारिश्रमिक दिने गरी सरकारले काम अघि बढाइरहेको बताएका छन् । 

मंगलबार काठमाडौंमा नेपाल चिकित्सक संघको ७५औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले एकै पटक लोकसेवा आयोगबाट ५ सय चिकित्सक लिनका लागि मन्त्रीपरिषद्बाट सैद्धान्तिक स्वीकृति लिइसकेको बताए । चिकित्सक र नर्सहरूको पारिश्रमिक सरकारी पनि बढाउने र निजीमा पनि बढाउन आग्रह गर्ने गरी सरकार अघि बढिरहेको उनको भनाइ छ । 

श्रम ऐनले तोकेको पारिश्रमिक कम्तीमा उपलब्ध गराउनैपर्ने व्यवस्था कडाइका साथ लागू गर्ने गरी सरकार अघि बढिरहेको बताए । चिकित्कसहरुको दैनिकी गुजारा गर्ने स्थिति मात्रै निर्माण गर्नसके विदेश जाने जनशक्ति कम हुने विश्वास व्यक्त गरे । चिकित्सकलाई दबाब मुक्त भएर काम गर्ने स्थिति निर्माण गर्न सरकारले कानुनी प्रबन्धहरू अघि बढाइरहेको बताए । 

मन्त्री पौडेलले नेपाली चिकित्सा शिक्षा विश्वमै विश्वसनीय बनेको बताए । चिकित्सकहरू उत्पादन हुने क्रम विगतको तुलनामा बढिरहेको दाबी गरे । नेपालको स्वास्थ्य क्षेत्रमा विगतको तुलनामा थुप्रै सुधार भएको उनको भनाइ छ । आवश्यक चिकित्सक उत्पादन भए पनि नेपालभित्रै जनशक्ति सक्रिय नरहनु ठुलो चुनौति भएको बताए । चिकित्सकहरूलाई नेपालमै बस्ने स्थिति कसरी निर्माण गर्ने भन्ने बारेमा गम्भीर बन्न जरुरी रहेको उनले बताए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?