एकीकृत समाजवादीको बागमती प्रदेश अध्यक्षमा भीम दहाल सर्वसम्मत

लोकपथ
329
Shares

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बागमती प्रदेशको अध्यक्षमा भीम दहाल सर्वसम्मत निर्वाचित भएका छन् । बागमती प्रदेशको फागुन ३, ४ र ५ गते सम्पन्न प्रथम अधिवेशनबाट भीमप्रसाद दहाल अध्यक्षमा निर्वाचित भएका हुन् ।

त्यस्तै गरी उपाध्यक्षमा गोविन्द नेपाली र राजु श्रेष्ठ, सचिवमा एलपी श्रेष्ठ, उपसचिवमा नानिराम चौलागाई, निरू खरेल, दिपक धनुके निर्वाचित भएका छन् । दहालको नेतृत्वमा १८६ जना सदस्सीय कमिटी सर्वसम्मत चयन गरिएको छ।

सोमबार नयाँ नेतृत्वका लागि चार जनाको उम्मेदवारी परेको थियो। अध्यक्षका लागि दाहालसहित लक्ष्मण लम्साल, श्याम बस्नेत र बसुन्धरा हुमागाईंले उम्मेदवारी दर्ता गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?