काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । त्यस्तै डिजेल र मट्टितेलको भाउ घटेको छ ।
निगमका अनुसार डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ र पेट्रोलको भाउ प्रतिलिटर १ रुपैयाँका दरले घटेको हो ।
इन्डियन आयल कर्पोरेशनबाट आएको नयाँ मूल्यसूची अनुसार निगमले पनि मूल्य समायोजन गरेको हो ।
शनिबार पेट्रोलको ५८ पैसा बढेर र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ ५९ पैसा घटेर आएकाले सोहीअनुसार मूल्य समायोजन गरिएको निगमले जारी गरेको विज्ञप्तिमा जनाएको छ ।
निगमका अनुसार नयाँ मूल्यअनुसार आइतबारदेखि काठमाडौँमा पेट्रोलको १६८ रुपैयाँ र डिजेल र मट्टितेलको १५६ रुपैयाँ प्रतिलिटर पर्ने भएको छ ।
नयाँ मूल्य आइतबारदेखि लागू हुने निगमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया