काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद भानुभक्त जोशीले छिमेकी राष्ट्र चीनको तिब्बतसँग व्यापारिक सम्बन्ध रहेको सुदूरपश्चिमको ताक्लाकोट नाका खुलाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले ताक्लाकोट नाका खुलाउन सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले कोभिडका बेला बन्द भएका सबै उत्तरी नाकाहरू खुले पनि ताक्लाकोट नाका नखुलाएपछि सुदूरपश्चिमको व्यापारमा असर परेको बताए ।
बझाङका अधिकांश मठमन्दिरहरुमा मान सरोवरको जल चडाएर मात्र पूजा गर्ने चलन रहेकोले नाका बन्द हुँदा पूजाआजा नै बन्द भएको उनको भनाइ छ ।
चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको बझाङको ताक्लाकोट नाका वैधानिक रूपमा खुल्न नसक्दा बर्सेनि करोडौँ राजश्व चुहावट हुँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया