राष्ट्रिय राजनीतिबाट सन्यास लिएको छैन : नेता बिजुक्छे

भक्तपुर, १७ कत्तिक – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि आफूले उम्मेदवारको मनोनयन दर्ता नगराए पनि राष्ट्रिय राजनीतिबाट सन्यास नलिएको स्पष्ट पारेका छन रफत सञ्चार क्बलद्वारा आज यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा उनले आफू प्रतिनिधिसभामा प्रत्यक्षरुपमा संलग्न नभए पनि पार्टीको अध्यक्ष भएरै राष्ट्रिय राजनीतिमा सक्रिय रहने बताए वामपन्थी विचारलाई थप सुदृढ र सशक्त गर्नका लागि पार्टीकै राजनीतिमा सक्रिय रुपमा रहने भन्दै बिजुक्छेले अहिले वाम गठबन्धनका रुपमा रहेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले सत्ताका लागि मात्र गठबन्धन गरेको आरोप लगाए गठबन्धनले गर्दा देशमा दुई पार्टीका रुपमा देखिने चर्चा गर्दै उनले दुई पार्टीका रुपमा राजनीतिक दल आए झनै राजनीति भद्रगोल हुने बताए । उनले ‘थ्रेसहोल्ड’ले प्रजातन्त्रको मर्मलाई अन्त्य गर्ने भन्दै थ्रेसहोल्डकोे विरोधसमेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?