विद्युतीय सवारीसाधन आजको आवश्यकता : भौतिकमन्त्री दाहाल

लोकपथ
35
Shares
फाइल तस्बिर

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विद्युतीय सवारीसाधन आजको आवश्यकता र माग भएको बताएका छन्  । 

आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्  । उनले विद्युतीय सवारी साधनको जोडमा मन्त्रालय लागिपरेको उल्लेख गरे । 

उनले विद्युतीय सवारीसाधन मात्रै पूरा समाधान नभएको पनि उल्लेख गरे । उनले पछिल्लो समय ब्याट्री डिस्पोजका समस्या धेरै उठिरहेको बताए । उनले त्यसको व्यवस्थापन संसारका लागि नै चुनौती बनिरहेको बताए । उनले सरकार अर्थतन्त्रलाई सकारात्मक दिशातर्फ फर्काउन कोसिस गरिरहेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?