२३ र २४ गते हुने भनिएको अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन स्थगित गर्ने निर्णय

लोकपथ
56
Shares
फाइल तस्बिर

काठमाडौं । नेकपा माओवादी केन्द्रले यही २३ र २४ गते हुने भनिएको अनेरास्ववियु क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन स्थगित गर्ने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा आज बिहीबार बिहान बसेको पदाधिकारी बैठकले सम्मेलन स्थगितको निर्णय लिएको हो ।

बैठकले यस विषयमा निर्णय लिन मंसिर २७ गते स्थायी समिति बैठक बोलाएको छ । माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले उमेरहद र निर्वाचन प्रक्रिया सम्बन्धमा स्थायी समितिले मोडालिटी बनाएर अर्को मितिबारे निर्णय गर्ने बताए ।

‘विद्यार्थीको सम्मेलनको विषयमा आज कुनै निर्णय भएन । त्यसका लागि २७ गते स्थायी समिति बैठक बोलाउने निर्णय भएको छ । विवादित विषयमा मोडालिटी तयार गरेपछि सम्मेलनको मिति घोषणाा हुन्छ, ‘उनले ‘भने । अखिल क्रान्तिकारीको सम्मेलन यसअघि असोज १०–१५ सम्म त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा सञ्चालन भएको थियो । तर उमेर हदको विवादले चर्को रुप लिएपछि बीचैमा स्थगित गरिएको थियो ।

यस्तै, नेतृत्वको छनोटलाई लिएर पार्टीका शीर्ष नेताहरूले नै प्रतिष्ठाको विषय बनाएपछि विवाद समाधानको मुद्दा थप पेचिलो बन्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?