रवि लामिछानेलाई बयानका लागि आज पनि सरकारी वकिल कार्यालयमा लगियो

लोकपथ
42
Shares
फाइल तस्बिर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई बयानका लागि आज पनि सरकारी वकिल कार्यालयमा लगिएको छ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे बयनका लागि उनलाई सरकारी वकिल कार्यालय लगिएको हो ।

भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएका उनलाई त्यहाँबाट नजिकै रहेको जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको हो । गत शुक्रबारदेखि उनको बयान भइरहेको छ ।

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा पनि जोडिएका रविका व्यापारिक साझेदार पूर्व डीआईजी छविलाल जोशीसँग सरकारी वकिल र अनुसन्धान अधिकृतहरूले बयान लिइसकेका छन् ।

स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको आरोप लागेका लामिछाने र छविलाल र कुमार रम्तेल सहित ५ जना थुनामा छन् ।
स्वर्णलक्ष्मीबाट १ अर्ब ११ करोड निक्षेप अपचलन भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । २७ हजार निक्षेपकर्ताले सो सहकारीमा २ अर्ब ६५ करोड ९५ लाख जम्मा गरेको सहकारीको रेकर्डमा भेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?