काठमाडौं । गृहमन्त्री रमेश लेखक र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, यातायात मजदुर संगठनबीच बाढी, पहिरो, डुवान लगायतका प्राकृतिक विपद्बाट अवरुद्ध राजमार्ग सडक पुनःसञ्चालन गरी यात्रा सहज बनाउने छलफल भएको छ ।
बुधबार गृह मन्त्रालयमा भएको छलफलमा यातायातको सहज र सुरक्षित सञ्चालनका बारेमा यातायात व्यवसायी, यातायात मजदुर संघरसंगठनका पदाधीकारीहरुबीच विपद्मा अवरुद्ध सडक सञ्चालन गरी चाडवाडका बेला सुरक्षित यात्राका विषयमा सकारात्मक छलफल भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले जानकारी दिएका छन् ।
उनले भने, ‘विपद्को स्थितिमा अझै धेरै राजमार्ग अवरुद्ध हुनुका साथै पहिरोको जोखिम पनि उत्तिकै छ । वीपीराजमार्ग अन्तर्गत रोशी क्षेत्रमा अलपत्र परेका यातायात मजदुरलाई राहत उपलब्ध गराउने विषयमा पनि छलफल भएको छ ।’
गृहमन्त्री लेखकले रोशीमा रहेका यातायात मजदुरहरुलाई तत्काल राहत उपलब्ध गराउन मातहतलाई निर्देशन दिएको सिटौलाले बताए ।
उनले भने, ‘अवरुद्ध यातायात सञ्चालनदेखि मजदुरलाई राहत र चाडपर्वका बेला सुरक्षित यात्रा लगायतका विषयमा छलफल भयो । हामीले सवारीचेकँजाच लगायतका विषयमा पनि मन्त्रीज्यूसित आफ्नो कुरा राखेका छौँ ।’
मन्त्री लेखकले विपद्का कारण अवरुद्ध राजमार्ग खुलाउन सम्बन्धित मन्त्रालय, सरोकारवाला निकायका साथै सुरक्षाकर्मी समेत सक्रिय रहेको बताए ।
उनले भने, ‘पृथ्वी राजमार्गको झ्याप्ले लगायत पहिरोको जोखिम रहेका क्षेत्रमा ट्राफिक र प्रहरी परिचालन गरिएको छ । चाडवाडका बेला आएको विपद्को सामना गर्दै सहज र सुरक्षित यात्राका लागि गम्भीर भएर लागेका छौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया