प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित, अर्को बैठक भोलि १ बजे

लोकपथ
140
Shares
फाइल तस्बिर

काठमाडौं । प्रतिनिधिसभाको आज आइतबार १ बजे बस्ने भनिएको बैठक बस्दै नबसी स्थगित भएको छ । अब अर्को बैठक भोलि सोमबार १ बजे बस्ने भएको छ ।

आइतबार १ बजे बस्ने भनिएको बैठक बस्न सक्ने अवस्था नदेखिएपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक अपराह्न ३ः१५ बजे बस्ने गरी निर्धारण गरेका थिए । तर सो समयमा पनि बस्न सक्ने नदेखिएपछि बैठक भोलि १ बजेका लागि तय गरिएको हो ।

यसअघि राष्ट्रिय पार्टीका प्रमुख सचेतकको बैठकपछि प्रमुख प्रतिपक्षी दल नेकपा(माओवादी केन्द्र)ले छलफलका लागि समय माग गरेको थियो । माओवादी केन्द्रको संसदीय दलको बैठकले ‘जनयुद्ध’ लाई अपमान गर्ने भाषा नसच्याउँदासम्म बैठकमा विरोध जारी रहने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?