विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–४ कटहरामा जुवा खेलिरहेको अवस्थामा प्रहरीले सोही गाउँपालिकाका पूर्वअध्यक्षसहित ९ जनालाई पक्राउ गरेको छ । प्रहरीले जुवाखालबाट १८ लाख रुपैयाँ पनि बरामद गरेको छ ।
गोप्य सूचनाका आधारमा शनिबार राति प्रहरी जुवा खालमा पुगेको थियो । जुवाखालबाट पक्राउ पर्ने पूर्व गाउँपालिका अध्यक्षमा ग्रामथान–४ निवासी शिवनारायण माझी रहेका छन् । उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा ९एमाले०का तर्फबाट ग्रामथान गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका थिए ।
यसैगरी प्रहरीले मोरङको सुन्दरहरैंचा नगरपालिका–१ का ५० वर्षीय जनककुमार मास्के, ३२ वर्षीय प्रताप राई, सुनसरीको धरान उपमहानगरपालिका–१५ का ४५ वर्षीय युवक राई, दुहबी नगरपालिका–६ का ४५ वर्षीय जयकिशोर साह, महोत्तरीको गौशाला नगरपालिका–१ का ४५ वर्षीय महेश साह, झापाको दमक नगरपालिका–१० का ४६ वर्षीय ऋतुवर्ण नेम्वाङ, ग्रामथान–४ का ५५ वर्षीय अहिलाल माझी र लेटाङ नगरपालिका–९ का ३८ वर्षीय लोकनाथ सापकोटालाई पनि पक्राउ गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया