बागलङ । मध्य पहाडी लोक मार्गअन्तर्गत बागलुङको गलकोटमा शुक्रबार भएको जीप दुर्घटनामा मृत्यु भएकाहरूको शव परीक्षणपछि आज साँझसम्म परिवारको जिम्मा लगाइने भएको छ ।
शुक्रबार बिहान गलकोट नगरपालिका-२ को भुङ्खानीमा काठमाडौंदेखि पूर्वी रुकुमतर्फ जाँदै गरेको रा१झ २०० नम्बरको पिक अप जीप सडकदेखि तीन सय मिटर तल खस्दा तीन जनाको मृत्यु भएको थियो ।
मृतकको शव हाल गलकोट नगर अस्पतालमा राखिएको छ । आज बिहानैदेखि मृतकको शव परीक्षण सुरु गरिएको र साँझसम्म शव परिवारको जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए ।
घटनामा पुथा उत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भूपेन्द्र बुढा, उनकी आमा ६१ वर्षीय गोपीमाया बुढा र वडा नं ३ का अध्यक्ष जसवीर सिर्पालीको निधन भएको थियो ।
घटनामा गम्भीर घाइते २९ वर्षीय चालक प्रेमबहादुर पुनको धौलागिरि अस्पतालमा सिटिस्क्यान गरेपछि थप उपचारका लागि पोखरा पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया