काठमाडौं । उपसभामुख इन्दिरा राना मगरमाथि अविश्वास प्रस्ताव दर्ता गर्ने सत्तारुढ दलको तयारीले राजनीतिक माहोल तातिरहेको बेला आज बिहीबार प्रमुख तीन दलका शीर्ष नेताहरुबीच छलफल भएको छ ।
यो समाचार लेख्दासम्म एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भइरहेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो छलफलमा प्रधानमन्त्री ओलीले सुरुमा माओेवादी अध्यक्ष दाहालसँग कुराकानी गरेका थिए । उनीसँग कुराकानी भएको २० मिनेटपछि कांग्रेस सभापति देउवा पनि छलफलमा जोडिएका थिए ।
अहिले तीनजना नेताबीच समसामयिक राजनीतिका विषयमा छलफल चलिरहेको स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया