तनहुँको आँबुखैरेनीमा बस दुर्घटना, ११ जना घाइते

लोकपथ
483
Shares

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ र ३ नम्बर वडा जोड्ने खहरे खोलामा बस दुर्घटना भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग १ ख ९४०२ नम्बरको बस दुर्घटना भएको हो ।

तनहुँ प्रहरीका अनुसार नयाँ र पुरानो दुई वटा पुलको बीचबाट बस तल खहरे खोलाको खोल्सामा खसेको हो । १५ जना सवार उक्त गाडीमा अहिलेसम्म ११ जना घाइते भएको विवरण प्राप्त भएको उनले बताए ।

घाइते मध्ये ९ जना सामान्य छन् भने २ को अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?