काठमाडौं । नेकपा एकीकृत समाजवादीको पदाधिकारी र पोलिटब्युरो चयनका लागि अहिले धमाधम उम्मेदवारी दर्ता भइरहेको छ ।
यो समाचार तयार पार्दासम्म वरिष्ठ उपाध्यक्ष पदमा राजेन्द्र पाण्डे र घनेन्द्र बस्नेतको उम्मेदवारी परेको छ । यस्तै, उपमहासचिव पदमा जीवनराम श्रेष्ठ, राजेन्द्र राई, मेटमणि चौधरी र घनेन्द्र केसीसहित चार जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
सहमतिको प्रयास सफल नभएपछि सोमबारको केन्द्रीय समिति बैठकले निर्वाचनको माध्यमबाट पदाधिकारी तथा पोलिटब्युरो सदस्य छनौट गर्ने निर्णय गरेअनुसार पार्टीको निर्वाचन आयोगले निर्वाचन प्रक्रिया अघि बढाएको हो ।
उम्मेदवारी दर्ता, दाबी विरोध, उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशनलगायत कार्यक्रम सकिएपछि आजै दिउँसो २ बजेदेखि मतदान प्रक्रिया सुरु हुने सो पार्टीको निर्वाचन आयोगले जनाएको छ ।
१८ सदस्यीय पदाधिकारीको व्यवस्था रहेको एकीकृत समाजवादीमा अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी मात्र सर्वसम्मत भएका थिए । वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, सचिव र कोषाध्यक्ष तथा पोलिटब्युरो सदस्यका लागि निर्वाचन हुन लागेको हो ।
एकीकृत समाजवादीमा ३४४ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था छ । केन्द्रीय कमिटी सदस्यहरुले पदाधिकारी र पोलिटव्युरो चयन गर्ने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया