मर्स्याङ्दी बस दुर्घटना : करिब एक दर्जनको मृत्यु

लोकपथ
1.2k
Shares

काठमाडौं । तनहुँको ऐनापहरामा भएको बस दुर्घटनामा परेकाको उद्धार जारी रहेको छ ।

पोखराबाट काठमाडौं आउँदै गरेको भारतीय पर्यटक सवार बस मर्स्याङ्दी नदीमा खसेर दुर्घटनामा परेको हो ।

सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा १० जना गोताखोरसहितको ४५ जना र नम्बर २३ गण: मनकामना गण भानु तनहुँबाट ३५ जनाको फौज उद्दारमा खटिएको छ ।

अप्ठेरो भिर भएका कारण टुइन रोपको सहायताले बास्केट स्टेचरमा राखेर घाइते र मृतकलाई सडकसम्म ल्याउने प्रयास भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रारम्भिक रुपमा १०र११ जनाको मृत्यु भएको बुझिएको सशस्त्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?