काठमाडौं । धादिङमा गुडिरहेको माइक्रो बसमाथि सोमबार बिहान रुख ढलेको छ ।
धादिङबेसीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रोबसमाथि गजुरी–५ जरेखोलानजिक रुख ढलेको हो । पहिरो जाने क्रममा रुख माइक्रोबसमाथि बज्रिएको प्रहरीले जनाएको छ ।
सो घटनामा ७ जना यात्रु घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि गजुरी अस्पताल लगिएको छ । उनीहरुको परिचय खुलिसकेको छैन । माइक्रो बसमाथि रुख बजारिएपछि सडक अवरुद्ध भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया